काठमाडौं- न्यू इनर्जी भेइकल (एनईभी) निर्माता लिपमोटरले आजसम्म कुल ९ लाख कार बिक्री पूरा गरेको घोषणा गरेको छ। जसले कम्पनीको विश्वव्यापी विद्युतीय सवारी बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको छ।
लिपमोटरले यस वर्षको पहिलो छ महिनामा अभूतपूर्व प्रदर्शन गरेको छ। जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्शाउँछ। यसै वर्ष लिपमोटरले ‘फोच्र्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको छ।
लिपमोटरले आफ्नो नवीनता, पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको छ। कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ।
यस साझेदारी अन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ। जसले अन्तर्राष्ट्रिय बिक्री व्यवस्थापनको जिम्मेवारी लिनेछ। लिपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एसिया-प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको छ।
विश्वभरमा ६ सय भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेर कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको छ।
नेपालमा लिपमोटरले आकर्षक डिजाइन, आधुनिक सुविधा र किफायती मूल्य मार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको छ। कम्पनीको उत्पादन तीन मोडलहरू सी टेन बी टेन र टी थ्री उपलब्ध हरेको छ।
गोल्छा अर्गनिजेसन अन्तर्गतको सांग्रिला मोटर्स प्रालिले सन् २०१७ देखि प्युजो , २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरको आधिकारिक आयातकर्ता रहेको छ। कम्पनी नेपालको बजारको आवश्यकताहरूसँग मेल खाने नवीन, स्टाइलिस र वातावरणमैत्री सवारी उपलब्ध गराउँदै जने प्रतिबद्धता व्यक्त गरेको छ।