बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ११ २०८२
प्रभु बैंक र मार्फा प्यालेस होटलबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशत छुट

पोखरा- प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका-२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकलक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। 

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ।

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच भएको साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन्। 


प्रकाशित : बुधबार, भदौ ११ २०८२१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend