बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ११ २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

मंगलबार एक तोला सुन एक लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार तीन सय रुपैयाँले बढेको छ।

काठमाडौं- स्थानीय बजारमा मंगलबारको तुलनामा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार निर्धारण भएको छ। हिजो मंगलबार एक तोला सुन एक लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै बुधबार चाँदी तोलाको दुई हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी २ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ३ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 


प्रकाशित : बुधबार, भदौ ११ २०८२११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend