काठमाडौं- स्थानीय बजारमा सोमबारको तुलनामा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलमा १ हजार ५ सय र चाँदी पाँच रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार एक तोला सुन १ लाख ९७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज मंगलबार चाँदी प्रतितोला २ हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। त्यति नै परिमाणको चाँदी सोमबार २ हजार ३ सय ५५ मा रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।