बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा १० प्रतिशतसम्म छुट

सोमबार, भदौ ९ २०८२
सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा १० प्रतिशतसम्म छुट

सानिमा बैंकले देशभर रहेका आफ्ना १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

काठमाडौं- सानिमा बैंकका ग्राहकले काठमाडौंको बसुन्धारास्थित चिरायु नेशनल अस्पतालमा विशेष छुट पाउने भएका छन्। डिजिटल भुक्तानीको प्रोत्साहन गर्न उक्त सम्झौता गरिएको बैंकले जनाएको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा बेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोगमा प्रोत्साहन गर्दै आएको छ।

सानिमा बैंकले देशभर रहेका आफ्ना १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, भदौ ९ २०८२१६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend