काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु भइ ८ गते सकिएको १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ लक्जरी एवं प्रिमियम ईभी एसयूभी स्काइवेलका बीई११ र ईटी१५ मोडलका १३१ वटा सवारी बुकिङ भएका छन्।
कम्पनीका अनुसार अटो शोलक्षित युरोप टुर, हिराको हार एवं लक्की ड्रमा रोलेक्स घडी प्राप्त हुने अफरले उत्साहित ग्राहकहरुमार्फत उक्त संख्यामा स्काइवेलका सवारीसाधन बुकिङ भएको हो।
स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सका आफ्नै ३ शोरुम नक्साल, राधे राधे भक्तपुर र इटहरीमा छन् भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ। आउने दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापनाको लक्ष्य कम्पनीको छ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी५ भित्र्याएको छ। स्काइवेल ईटी५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै, यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टप स्पीड १६० प्रतिघण्टाभन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउने कम्पनीको भनाइ छ।