बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

सोमबार, भदौ ९ २०८२
तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार दुईसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार प्रतितोला दुई हजार तीनसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने तीनसय रूपैयाँले घटेको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार दुईसय रूपैयाँ तोकिएको छ।

आइतबार सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार तोलामा ४० रूपैयाँले बढेर प्रतितोला दुई हजार ३ सय ५० रूपैयाँ कायम भएको चाँदी सोमबार प्रतितोला दुई हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, भदौ ९ २०८२१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend