काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टसमा विशेष छुट मिल्ने भएको छ। बैंक र उक्त होटलबीच छुट दिने सम्झौता भएको हो।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको उक्त रिसोर्टमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस्तै, बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरु प्राप्त गर्न सकिने छ।
सुविधा उपभोगका लागि ग्राहकले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।