बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

कैलाली हस्पिटलमा उपचार गराउँदा एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् २० प्रतिशतसम्म छुट

आइतबार, भदौ ८ २०८२
कैलाली हस्पिटलमा उपचार गराउँदा एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् २० प्रतिशतसम्म छुट

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचार सेवामा विशेष छुट उपलब्ध गराउने गरी कैलाली हस्पिटल र बैंकबीच सम्झौता भएको छ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्योपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा कन्सल्ट्यान्ट ओपीडी/इमरजेन्सी ओपीडी, हस्पिटल एडमिट, आईसीयू, एनआईसीयू, एक्सरे, ईसीजी, जनरल सर्जरी, भिडिओ एक्सरेलगायतका सेवामा उक्त छुट प्राप्त गर्न सक्नेछन्।

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, भदौ ८ २०८२१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend