काठमाडौं- पोखरास्थित माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिमा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका छन्।
प्रभु बैंक र उक्त संस्थाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई स्वास्थ्य सेवासुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने छन्।
प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ शाखा कार्यालयहरु, २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।