बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

आइतबार, भदौ ८ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

सुविधा उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंक ग्राहकलाई स्काइ ब्रोडब्याण्डका सेवामा विशेष छुट मिल्ने भएको छ। बैंक र उक्त कम्पनीबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डबाट सेवा लिइ डिजिटल भुक्तानी गर्दा १ हजार ५ सय रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५ सय रूपैयाँ छुट प्राप्त सक्ने बैंकले जनाएको छ।

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

स्काइ ब्रोडब्याण्डसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ।


प्रकाशित : आइतबार, भदौ ८ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend