बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, भदौ ८ २०८२
प्रतितोला दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबारका लागि प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रूपैयाँले वृद्धि भएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ९५ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ।

चाँदी आज प्रतितोला दुई हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार चाँदी प्रतितोला दुई हजार ३ सय १० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, भदौ ८ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend