शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटनमन्त्री आलेले पर्यटन बाेर्डको सदस्य बनाएका लामालाई झलनाथले दिलाएका थिए आममाफी

images
शुक्रबार, फागुन १३ २०७८
images
images
पर्यटनमन्त्री आलेले पर्यटन बाेर्डको सदस्य  बनाएका लामालाई झलनाथले दिलाएका थिए आममाफी
images

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषद्ले आम माफी दिलाएका टासी लामा भनेर चिनिने  लिला बहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डको सदस्य नियुक्त गरेको तथ्य खुल्न आएको छ।

images
images

२०६२ सालमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करोडौँ रुपैयाँ लुटपाट गरेको आरोपमा जेल सजाय पाएका लामालाई उनकै दबाबमा पर्यटनमन्त्री आलेले बोर्डको सदस्यमा नियुक्ति गरेका हुन्।

images

प्रहरीले विभिन्न समयमा एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, गुडविल फाइनान्स, कान्तिपुर फाइनान्स र स्याकार ट्रेडिङ कम्पनीबाट करोडौँ रुपैयाँ लुटपाट गरेको आरोप २०६२ सालमा प्रकाउ गरेको थियो।

यसरी प्रकाउ गरेका लामालाई  जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो। लामाले जेलभित्रबाटै ब्राउन सुगरसमेत कारोबार गरेका थिए।

images

जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफि सपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए। त्यसबेला लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो। तर कागजी रुपमा भने लामा जेलमा नै थिए।

उनै लामालाई खनालले २०६७ सालको प्रजातन्त्रको अवसरमा दिने आममाफीका लागि मन्त्रिपरिषदबाट निर्णय गराउँदै राष्ट्रपतिबाट आममाफी दिलाएका थिए। यसरी माफी पाएका लामालाई नेकपा एकीकृत समाजवादीको कोटाबाट पर्यटनमन्त्री बनेको आलेले खनालकै दबाबमा पर्यटन बोर्डको सदस्य नियुक्ति दिलाएका हुन्।

खनालले आलेमार्फत नै यसअघि पनि नेपाल वायु सेवा निगममा यौनदुराचारको आरोप लागेका निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएका थिए।

अहिले सरकारमा सहभागी समाजवादीले पाउने हरेक नियुक्तिमा खनाल नै हावी हुने गरेका छन्।

नियुक्तिमा र्‍याल काट्दै आएका खनालले फेरि आलेमार्फत लामालाई बोर्ड सदस्य नियुक्त गर्न दबाब दिएको बोर्ड सदस्य नियुक्तिका लागि बनेको सिफारिस समितिका एक सदस्यले बताए।

‘उनको नाम आउनेबित्तिकै सिफारिस समितिमा विरोध भएको थियो,’ ती सदस्यले भने, ‘तर मन्त्रीज्यूले यो पार्टीको निर्णय भएको हुँदा जसरी पनि नियुक्ति गर्ने भन्दै दबाब दिएका थिए।’

मन्त्री आलेले हताहतार बोर्ड सदस्यमा नियुक्ति दिलाउन पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा पर्यटन व्यवसायी माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समिति गठन गरेका थिए। समितिले पर्यटन व्यवसायी मदन कुमार आचार्य र लिला बहादुर तामाङलाई बोर्ड सदस्य बनाउन सिफारिस गरेको थियो। समितिलाई मन्त्री आले र पर्यटन बार्डकै उपाध्यक्ष रिजालले नाम दिएका थिए। मन्त्री आलेले सिफारिस भएकै दिन २०७८ फागुन ६ गते नियुक्तिसमेत दिएका थिए।

सिफारिस समितिका संयोजक लुइटेललाई हामीले लागुऔषध कारोबार र बैंक लुटपाटमा संलग्न रहेको ठहर भएका व्यक्तिलाई कसको दबाबमा बोर्ड सदस्य नियुक्ति गरिएको हो? भनेर प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा लुइटेलले कतिपय नाम मन्त्री लगायतका ठाउँबाट पनि आएको बताए।

सिफारिस गर्दासम्म तfमाङको विषयमा सूचना नपाएको र पछि सूचना पाएपछि नियुक्ति रोकेको दाबी सहसचिव लुइटेलको थियो। लुइटेलले अहिलेसम्म नियुक्ति भने नभएको दाबी गरेका थिए। उनले मदन आचार्यलाई मात्रै नियुक्ति गरेको दाबी गरेका थिए। तर नियुक्ति भएको पत्रकै विवरण जानकारी गराएपछि उनले तामाङलाई राजीनामा दिन लगाएको भन्दै बोली फेरेका थिए। मन्त्री आलेको निर्णयअनुसार फागुन ६ गते नै नियुक्ति दिएको पत्रमा उनै लुइटेलले हस्ताक्षर गरेका छन्।

पर्यटनमन्त्री आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई हटाउने उद्देश्यले बहुमत पुर्‍याउन विवादित व्याक्तिलाई नियुक्ति दिएका हुन्। खासगरी नेकपा एमालेका नेता तथा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको दबाबमा मन्त्री आलेले लामालाई नियुक्ति दिएकोसमेत खुलेको छ। 

यो पनि - गम्भीर अपराधको मुद्दामा सजाए भोगेका लामालाई पर्यटनमन्त्री आलेले गरे बोर्ड सदस्यमा नियुक्त


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८००:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend