बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

'नाडा अटो शो २०२५' मा सीजी मेरिडिया कराओके क्यूएलईडी टीभी, दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया

शुक्रबार, भदौ ६ २०८२
'नाडा अटो शो २०२५' मा सीजी मेरिडिया कराओके क्यूएलईडी टीभी, दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया

सीजी मेरिडिया कराओके क्यूएलईडी टीभी हाल सीजी डिजिटल शोरुमहरुमा उपलब्ध रहेको छ। यसको मूल्य एक लाख ५ हजार ९ सय ९० रूपैयाँ रहेको छ।

काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले 'नाडा अटो शो २०२५' मा आफ्नो सहभागिता जनाउँदै सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजन (५५ इन्च) प्रदर्शनीमा राखेको छ।

कम्पनीका अनुसार हालै बजारमा उपलब्ध भएको यो टेलिभिजन नेपालकै पहिलो कराओके क्यूएलईडी टीभी हो, जसले घरमै कराओके अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

यस वर्षको नाडा अटो शोमा सीजी इलेक्ट्रोनिक्सले ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालकै पहिलो इलेक्ट्रोनिक्स कम्पनीको रूपमा अटो शोमा इलेक्ट्रोनिक्स उत्पादन प्रदर्शनी गरिएको कम्पनीले जनाएको छ।

सीजीको स्टलमा स्थापना गरिएको कराओके एक्सपिरियन्स जोनमा दर्शक तथा अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। दर्शकहरूले टेलिभिजनको ध्वनि, दृश्य गुणस्तर र इन्टिग्रेटेड कराओके प्रणालीको अत्यधिक प्रशंसा गरिरहेका छन्। धेरैले टेलिभिजनको सजिलो प्रयोग, सिनेम्याटिक साउन्ड र क्यूएलईडी डिस्प्लेलाई घरको मनोरञ्जनको लागि आदर्श विकल्पको रूपमा लिएका छन्।

'सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजन केवल एक उपकरण होइन, यो परिवार, साथीहरू र समुदायलाई संगीतमार्फत जोड्ने माध्यम हो। नाडा मा यसलाई प्रदर्शित गर्न पाउँदा हामी उत्साहित छौँ,' सीजी इलेक्ट्रोनिक्सका प्रवक्ताले भने।

५५ इन्चको सीजी मेरिडिया कराओके क्यूएलईडी टीभीमा फोरके यूएचडी डिस्पले रहेको छ। इन्टिग्रेटेड सिनेमा साउन्डबार र अडियो ड्रम बास इन्जिन, डुअल माइक इन्पुट भोकल इफेक्टस् र कराओके सङ लाइब्रेरी रहेको छ। साथै गुगल टीभी ओएस, गेम मोड, १२० हर्ज रिफ्रेस रेट रहेको छ भने डुअल ब्यान्ड वाइफाइ सुविधा रहेको कम्पनीले जनाएको छ।

सीजी मेरिडिया कराओके क्यूएलईडी टीभी हाल सीजी डिजिटल शोरुमहरुमा उपलब्ध रहेको छ। यसको मूल्य एक लाख ५ हजार ९ सय ९० रूपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend