काठमाडौं- विश्वप्रसिद्ध प्रविधि कम्पनी टीसीएलले फ्रिस्टाइल स्कीयर एइलिनलाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
१८ वर्षको उमेरमा फ्रिस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो स्कीयरका रूपमा एइलिनले टीसीएलसँग जोडिन पाउँदै उत्साहित भएको बताइन्।
कम्पनीका अनुसार एइलिनको नियुक्ति टीसीएलको 'टीसीएल फर हर' अभियानसँग प्रत्यक्षरूपमा मेल खान्छ, जसले प्रविधि र संस्कृतिमार्फत महिलाको दृश्यता र सशक्तिकरणलाई प्रोत्साहन गर्छ। यस अभियानमार्फत टीसीएलले महिला केन्द्रित कार्यक्रम र शैक्षिक पहलमा लगानी गर्दै २ हजारभन्दा बढी युवतीहरूलाई सहयोग पुर्याएको छ।
टीसीएल टेक्नोलोजीका उपाध्यक्ष, ईएसजी निर्देशक तथा टीसीएल च्यारिटी फाउन्डेसनका अध्यक्ष वेई जुएले एइलिनसँगको सहकार्यले कम्पनी अझ बलियो हुने धारणा व्यक्त गरे।
उनले भने, 'टीसीएलका लागि एइलिन एउटा यस्तो खेलाडी हुन् जसले सधैँ सीमाहरू तोड्छिन्। हामी उनको साथसाथै आगामी हिउँदे ओलम्पिकतर्फको यात्रामा सहयोग र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा राख्छौँ।'