काठमाडौं- नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लू वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिङ’ ईभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लू-ग्यारेन्टिड बाइब्याक’ योजना घोषणा गरेको छ।
नेपालको नं १ लक्जरी ईभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लू वृद्धिले दिपल एस०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो। योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन्।
यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्ममा एमएडब्लूबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन्। यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लूले गरेको छ।
दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लू वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ।
यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउने छन्।
यो योजनाअन्तर्गत ग्राहकले पाँच वर्षसम्म नि:शुल्क ‘अटोप्लस इन्स्योरेन्स’, नि:शुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, नि:शुल्क चार्जिङमा लाग्ने शुल्क र नि:शुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा उपलब्ध हुनेछ।
‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो। लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने।
‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ।