काठमाडौं- नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले भदौ ७ र ८ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी 'लक्सपिरियन्स २०२५' आयोजना गर्ने भएको छ।
आगामी शनिबार र आइतबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म 'लक्सपिरियन्स २०२५' आयोजना गर्न लागिएको लक्ष्मी ग्रुपले जनाएको छ।
यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लू, केई र फोर्थिङजस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउने विश्वास लिइएको छ। नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्यांकन, लोयल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।
कार मात्र नभइ आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्।
साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउने छ।