बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ ; बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बुधबार, भदौ ४ २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ ; बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

नबिलले वार्षिकरुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।

काठमाडौं- नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ।

युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। नबिलले वार्षिकरुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहललगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकको भनाइ छ। यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ।

नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडीजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगीकार गर्दै आएको जनाएको छ।

२५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको नबिल बैंक यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ।


प्रकाशित : बुधबार, भदौ ४ २०८२१८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend