काठमाडौं- डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गरेको घोषणा गरेको छ।
यो साझेदारीसँगै डिशहोमका सक्रिय ग्राहकहरूले फुड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत छुट पाउनेछन्। मौलाकाली, बागलुङ र गैँडाकोटका सबै इला होटल एण्ड रिसोर्ट्स आउटलेटमा यो छुट मिल्ने छ।
यो सुविधा केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको जनाएको छ।