काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको छ भने चाँदी पनि सस्तिएको छ।
मंगलबार प्रतितोला एक लाख ९५ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ९३ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ४५ रूपैयाँले घटेको छ।
चाँदी आज प्रतितोला दुई हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।