बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एमएडब्लू वृद्धिले नाडा अटोमा सार्वजनिक गर्‍यो चांगान लुमिन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ४ २०८२
एमएडब्लू वृद्धिले नाडा अटोमा सार्वजनिक गर्‍यो चांगान लुमिन

सानो आकार हुँदा हुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाइली र्‍याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ।

काठमाडौं- नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आज चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ। 

नयाँ लुमिनलाई एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। 

चांगान लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्छ जुन नेपालको सहरी सडकका लागि उपयुक्त छ। यसको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले लुमिनले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्नेछ। 

चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्री प्याक उपलब्य छ। यव् कारले ३ सय १ किलोमिटरको रेन्ज (एनईडीसी) दिन्छ जसले दैनिक आवागमन र विकेन्ड यात्रालाई सहज बनाउँछ।

डीसी फास्ट चार्जिंगमार्फत लुमिनले ३० देखि ८० प्रतिशतसम्मको चार्ज मात्र ३५ मिनेटमा पुरा गर्नेछ जसले समयको बचत सुविधा दुवै प्रदान गर्छ। यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन्। 

सानो आकार हुँदा हुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाइली र्‍याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ। 

साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिङ सिस्टम, ईएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ। 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रुपेश भट्टले चांगान लुमिन रमाइलो सहरी यात्राका लागि तयार गरिएको र आधुनिक जीवनशैलीका ठ्याक्कै मिल्ने गरी स्मार्ट बनाइएको बताए। नेपाली बजारमा चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ। 


प्रकाशित : बुधबार, भदौ ४ २०८२१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend