काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पर्वोत्सव अफरसहित ईभी ई-भिटारा 'नाडा अटो शो २०८२' मा प्रदर्शनीमा राखेको छ।
दसैँ-तिहारलाई समेत लक्षित गरी ल्याइएको ‘सुजुकी पर्वोत्सव अफर’ पनि योजनाअन्तर्गत ग्राहकले ६ लाख रूपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निः शुल्क पीएमएस पार्ट्स, दुई लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन सक्नेछन्।
कम्पनीले नाडा अटो शोभर खरिद गर्ने ग्राहकलाई स्क्रयाच कार्डमार्फत थप एक लाख रूपैयाँसम्मको छुट प्रदान गर्नेछ भने १० भाग्यशाली ग्राहकले एक-एक तोला सुन जित्न सक्नेछन्।
साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ। यसमा केही शर्तहरु लागु हुने कम्पनीले जनाएको छ।
आरामदायी र सुरक्षित यात्रानुभूति प्रदान गर्ने यसमा २,७०० मिमि ह्वीलबेस र ५.२ मि टर्निङ रेडियस रहेको छ। अधिक स्पेस र आरामदायी यात्राका लागि फ्ल्याट-फ्लोर डिजाइन गरिएको यस ईभीमा उच्च तापक्रममा पनि स्थिर प्रदर्शन दिने थर्मल म्यानेजमेन्ट सिस्टम रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ। सुजुकीले ई-भिटाराको लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ।