बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा एक हजार दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, भदौ ३ २०८२
तोलामा एक हजार दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार तोलामा एक हजार दुईसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार एकसय रूपैयाँ कायम छ।

काठमाडौं- ‍यो साता आइतबार घटेर सोमबार बढेको सुनको मूल्य मंगलबार पुन: ओरालो लागेको छ।

मंगलबार तोलामा एक हजार दुईसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार एकसय रूपैयाँ कायम छ।

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला दुई हजार तीनसय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला दुई हजार तीनसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ ३ २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend