बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमै सवारीसाधन खरिद गर्न सकिने

मंगलबार, भदौ ३ २०८२
एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमै सवारीसाधन खरिद गर्न सकिने

यो योजना सीमित अवधिका लागिमात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकको भनाइ छ।

काठमाडौं- एनएमबि बैंकले आजदेखि सुरु भएको नाडा अटो शोलक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले उक्त योजनासहित नाडा अटो शोमा सहभागिता जनाएको हो।

यो योजनाअन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारीसाधन किन्न सक्ने बैंकले जनाएको छ। यो योजना सीमित अवधिका लागिमात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकको भनाइ छ।

चाडपर्वलाई समेत लक्षित गरी सार्वजनिक गरिएको यो योजना विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकहरुका लागि राम्रो अवसर हुने बैंकको विश्वास छ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नम्बर ई-२४ मा बैंकका प्रतिनिधिमार्फत लिन सकिने बैंकको भनाइ छ।


प्रकाशित : मंगलबार, भदौ ३ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend