बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

नेपालमा अत्याधुनिक प्रविधियुक्त वासर ड्रायर सार्वजनिक

सोमबार, भदौ २ २०८२
नेपालमा अत्याधुनिक प्रविधियुक्त वासर ड्रायर सार्वजनिक

कम्पनीका अनुसार यस मेसिनमा सामान्य र हटाउन कठिन दागहरूलाई प्रभावकारीरूपमा सफा गर्ने क्षमता रहेको छ।

काठमाडौं- टीसीएल इलेक्ट्रोनिक्सले आफ्नो अत्याधुनिक सी७११०डब्लूडीजी फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा औपचारिकरूपमा सार्वजनिक गरेको छ। यो अल-इन-वन उपकरणले नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ।

आधुनिक जीवनशैलीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको टीसीएल सी७११०डब्लूडीजीको १० केजी धुलाइ र ७ केजी सुकाउने क्षमता छ। सी७११०डब्लूडीजी को मुख्य भागमा यसको डाइरेक्ट-ड्राइभ इन्भर्टर मोटर रहेको छ। उन्नत प्रविधिको उक्त मोटरको १० वर्षको वारेन्टी रहेको छ।

कम्पनीका अनुसार विशेषरूपमा डिजाइन गरिएको हनीकम्ब ड्रमले कपडालाई क्षति हुनबाट जोगाउँछ। यस मेसिनमा सामान्य र हटाउन कठिन दागहरूलाई प्रभावकारीरूपमा सफा गर्ने क्षमता रहेको छ भने यसमा रहेको एयर वास प्रविधिले तातो हावा प्रयोग गरी पानी र डिटर्जेन्टबिनै कपडालाई ताजा राख्ने, चाउरिन कम गर्ने र गन्ध हटाउने सहयोग गर्छ।

यस्तै, यसमा रहेको स्टीम वास प्रणालीले बाफ प्रयोग गरी कपडाको भित्री भागसम्म पुगेर ९९.९ प्रतिशतसम्मका ब्याक्टेरिया र एलर्जी कारकहरूलाई हटाएर पूर्णरूपमा स्वच्छ र स्वस्थ धुलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।


प्रकाशित : सोमबार, भदौ २ २०८२१६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend