काठमाडौं- नाडा अटो-शो २०२५ को पूर्वसन्ध्यामा जि मोटर्स प्रालि स्काइवेलका विद्युतीय सवारीको आधिकारीक बितरकले 'युरोप टुर फर फ्यामिली' अफर सार्वजनिक गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालले जानकारी दिए।
उक्त स्किम नाडा अटो-शो अवधिभरमा स्काइवेलको स्टल एच १२ मा भिजिट गरी स्काइवेलका मोडल बुकिङ गर्दा सपरिवार युरोप टुर एवं युरोपमा स्काइवेल टेस्ट ड्राइभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनएको छ।
उक्त अफरमा नाडा-शो अवधीमा बुकिङ गर्ने हरेक ग्राहकलाई एक थान 'डाइमन्ड नेकलेस'- क्लासिक डाईमन्ड न्युरोडबाट डिजाइन गरिएको प्रदान गर्ने साथै एकजना लक्की ग्राहकले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ।
एक्स्चेन्ज गरी नयाँ गाडी किन्नु हुने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने भएको छ। साथै ८० प्रतिशत सम्मको न्यून ब्याजदरको लोन अफर र एक आर्थिक वर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जनाए।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्न सक्ने छन्।
स्काइवेल ६५ भन्दा बढी देशहरु जर्मनी, बेलायत, अस्ट्रेलिया, अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायतमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।