काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैँ-तिहारलक्षित 'दशैँ-तिहार, १० गुणा उपहार' योजना सार्वजनिक गरेको छ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षोल्लासमय बनाउन 'दशैँ-तिहार, १० गुणा उपहार' अफर घोषणा गरिएको कम्पनीले जनाएको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्रयाच कार्डमार्फत १० लाख रूपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। साथै, ग्राहकहरूले २० हजार रूपैयाँसम्मको लोयल्टी बोनस पनि पाउनेछन्।
प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ।
आजदेखि सुरु भएको यो अफर नेपालभरका हुन्डाई शोरुमहरुमा उपलब्ध हुनेछ।