काठमाडौं- आइतबार तोलामा ७ सयले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला ८ सय रूपैयाँले वृद्धि भएको छ।
नेपाली बजारमा आइतबार प्रतितोला एक लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ९६ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला ५ रूपैयाँले बढेको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ३ सय १० रूपैयाँमा कारोबार भएको थियो।