काठमाडौं- काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट मिल्ने भएको छ।
बैंक र जोय स्टोरबीच भएको सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले आईफोनमा ५ प्रतिशत र यसका उपकरणहरुमा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
क्रेडिट कार्ड होल्डरहरुले इन्सट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि प्राप्त गर्ने बैंकले जनाएको छ।
प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
हालसम्म बैंकका ग्राहक ३१ लाखभन्दा बढी रहेको बैंकले जनाएको छ।