बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

कुमारी बैंकका ग्राहकलाई नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट

शुक्रबार, साउन ३० २०८२
कुमारी बैंकका ग्राहकलाई नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट

सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवासुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच छुटसम्बन्धी सम्झौता भएको छ।

बैंक ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार उक्त हस्पिटलबाट प्रदान गरिने सेवासुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

 


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend