बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

द बर्गर हाउससँग डिशहोमको साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने

शुक्रबार, साउन ३० २०८२
द बर्गर हाउससँग डिशहोमको साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने

जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त गर्न सकिने छ।

काठमाडौं- डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट-फूड चेन 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन' सँग साझेदारी गरेको छ।

यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। नेपालभरका आउटलेटहरूमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खानसक्ने सुविधा दिनेछ।

नेपालभरका सबै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट मिल्ने छ। केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

छुट लिनका लागि माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरेर आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गरी होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्न सकिने छ।

जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त गर्न सकिने छ।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend