पोखरा- प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यो साझेदारीले बैंकका कर्मचारी ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ।