बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

शुक्रबार, साउन ३० २०८२
तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार दुईसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ भने चाँदी पनि सस्तिएको छ।

बिहीबार प्रतितोला एक लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुईसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य आज प्रतितोला २५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला दुई हजार ३ सय १५ रूपैयाँ तोकिएको छ।

यो साता बिहीबार चाँदी प्रतितोला दुई हजार ३ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend