बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट : सीईओ जोशी

images
बिहीबार , साउन २९ २०८२
images
images
निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट : सीईओ जोशी

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्‍जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन्।

images

'नगरकोट भ्रमण वर्ष २०८२' को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा सीईओ जोशीले निजी क्षेत्रको अग्रसरतामा विकास भएको लोकप्रिय पर्यटनस्थल नगरकोटलाई पुनः ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गरे।

images
images

सीईओ जोशीले भने, 'होटल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाका बीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यको नगरकोट स्थापित छ। आज जुन सहकार्यमा वृत्तचित्र बनेको छ, यसलाई हामीले अन्तर्राष्ट्रिय मञ्‍चहरुमा विदेशी पर्यटकहरुलाई विभिन्न इभेन्ट्सहरुमा प्रदर्शन गर्नेछौँ।'

images
images
images

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्‍जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै सीईओ जोशीले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए।

नगरकोटका ठूला होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दि हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको हो।

नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने क्लब हिमालयका सञ्‍चालक योगेन्द्र शाक्यले विश्‍वास व्यक्त गरे। पर्यटकीय गन्तव्यको रुपमा ख्याति प्राप्त एवं मोडल गन्तव्यको रुपमा परिचित नगरकोट देशभित्र र विश्‍व पर्यटन बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले यो वृत्तचित्र निर्माण गरिएको पनि शाक्यले जानकारी दिएका छन्।

वरिष्ठ होटल व्यवसायी शाक्यले थपे, 'नगरकोट अब ‘कम्पोरेटिङ मोडल’ (प्रतिस्पर्धाका साथै सहकार्य) मा अगाडि बढिरहेको छ। चार नगरपालिका मिलेर पहिलोपटक एउटै गन्तव्य प्रवर्द्धन गर्ने यो पहल ऐतिहासिक मान्‍न सकिन्छ।'

शाक्यका अनुसार नगरकोटमा पुराना होटलदेखि नयाँसम्म उच्चस्तरीय सुविधासहितको लगानी भइरहेको छ, जसलाई नमुना स्वरूप नेपालका अन्य गन्तव्यमा पनि विस्तार गर्न सकिन्छ। नगरकोटको विगत स्मरण गर्दै उनले भने, 'सन् १९८८ मा म यहाँ आउँदा यो नांगो डाँडा थियो, हिमाल स्पष्ट देखिन्थ्यो। तर जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेको छ। नगरकोटलाई अब केवल ‘सनराइज-सनसेट’ मात्र नभइ यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ।'

कार्यक्रममा मण्डनदेउपर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवर्द्धन महत्त्वपूर्ण रहेको बताए।


प्रकाशित : बिहीबार , साउन २९ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend