बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

पूर्वाधार निर्माणको काम दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन जरुरी छ : भौतिकमन्त्री दाहाल

images
बिहीबार , साउन २९ २०८२
images
images
पूर्वाधार निर्माणको काम दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन जरुरी छ : भौतिकमन्त्री दाहाल

नेपालको भूधरातलिय विशिष्टता सुहाउदो विकास मोडेल आवश्यक रहेको जनाउदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधीबारेसमेत अध्ययन गर्नसमेत उनले आग्रह गरे।

images
images

काठमाडाैं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माण पूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन्।

images

नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताएका हुन्।

images
images

नेपालको भूधरातलिय विशिष्टता सुहाउदो विकास मोडेल आवश्यक रहेको जनाउदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधीबारे समेत अध्ययन गर्नसमेत उनले आग्रह गरे। आवश्यक नीति र कानून निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि उनको भनाइ छ।

images
images
images

ठुला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरुको निर्माण, नेपालको विशिष्ट भुवनोट सुहाउँदा सुरक्षित सडकलगायतका संरचना निर्माणमा नेपाली इन्जिनियरहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली इन्जिनियरहरुको शिक्षा र क्षमतलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्‍याउन इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताएका छन्। नेपालको पूर्वाधार क्षेत्र अहिले तिव्र निर्माणको चरणमा भएमाले यस पछि नयाँ चरण शुरु हुने उनको धारणा छ।

उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने पनि बताए। नेपालमा उत्पादित स्तरीय जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिनेभन्दै उनले नेपाली इन्जिनियरहरुको वृति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताए।

यस्तै काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियर र इन्जिनियरिङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभइ आधुनिक विकास सम्भव नहुने बताए। कार्यक्रममा इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरुसहित छलफल भएको  काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए।


प्रकाशित : बिहीबार , साउन २९ २०८२१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend