बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी, बोर्डले एक अर्ब र निजी क्षेत्रले तीन अर्ब दिन बाँकी

images
बिहीबार , साउन २९ २०८२
images
images
दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी, बोर्डले एक अर्ब र निजी क्षेत्रले तीन अर्ब दिन बाँकी
फाइल तस्बिर

दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ।

images
images

चितवन- दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। 

images

दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाई समेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। संघका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी संघका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए। उनले भने, 'दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ। अपमानित होइन। यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ।'

images
images

अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी चार अर्ब रूपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए। पटक-पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उनले बताए।

images
images
images

उनका अनुसार दुग्ध विकास बोर्डको रु एक अर्ब र निजी क्षेत्रबाट तीन अर्ब रूपैयाँ भुक्तानी पाउनुपर्ने छ। सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै संघले आन्दोलनको तयारी गरेको हो।

बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने संघका महासचिव राम आचार्यले जानकारी दिए। उनले भने, 'कतिपय उद्योगले भुक्तानी गरिरहेका छन्। त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गर्छौँ।'

पटक-पटकका छलफलबाट निकास नआएको भन्दै उहाँले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे। उनले थपे, 'हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गते सम्मको समय दिन्छौँ। त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौँ।'

संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए।उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी छ। उनले भने, 'यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन्।'

दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ।

संघका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे। यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामा पर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए। सरकार र निजी क्षेत्र उदाशिन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ।

देशभर ६४ वटा जिल्लामा दूध उत्पादन हुँदै आएको छ। ३६ वटा जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ।

एक हजार आठसय ७२ वटा दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो। ती सहकारीमा ६ लाख परिवार आबद्ध रहेको जानकारी दिँदै संघले ३० लाख भन्दा बढी किसान दूध उत्पादनमा जोडिएको संघका महासचिव आचार्यले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend