काठमाडौं- यो साता नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य बिहीबार भने सामान्य बढेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ९६ हजार ८ सय रूपैयाँ कायम छ।
यो साता बुधबार सुन प्रतितोला एक लाख ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।
बुधबार प्रतितोला दुई हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार ३ सय ४० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।