बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

लगातार घटिरहेको सुनको मूल्य सामान्य बढ्यो

बिहीबार , साउन २९ २०८२
लगातार घटिरहेको सुनको मूल्य सामान्य बढ्यो

बिहीबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य बिहीबार भने सामान्य बढेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ९६ हजार ८ सय रूपैयाँ कायम छ।

यो साता बुधबार सुन प्रतितोला एक लाख ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला दुई हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार ३ सय ४० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन २९ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend