बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

कृषिको उत्पादकत्व बढाउन गोरखाका किसानलाई नगद अनुदान

images
बिहीबार , साउन २९ २०८२
images
images
कृषिको उत्पादकत्व बढाउन गोरखाका किसानलाई नगद अनुदान

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो।

images
images

गोरखा- उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ। साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा चार लाख ६७ हजार पाँचसय रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ।

images

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो। अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो।

images
images

नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको छ। अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट,  मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए।

images
images
images

पालिकाले ९ हजारदेखि ५१ हजार रुपैयाँसम्म अनुदान प्रदान गरेको छ। पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गरेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend