बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

यूनिलिभर नेपालको नाफा ४७ करोड ४९ लाख रुपैयाँ

images
बिहीबार , साउन २९ २०८२
images
images
यूनिलिभर नेपालको नाफा ४७ करोड ४९ लाख रुपैयाँ

कम्पनीको अडिट नभएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा सञ्चालन आम्दानी ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँभन्दा सामान्य वृद्धि हो।

images
images

काठमाडौं- यूनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सो रकम ४७ करोड ५४ लाख रुपैयाँ थियो। 

images

कम्पनीको अडिट नभएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा सञ्चालन आम्दानी ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँभन्दा सामान्य वृद्धि हो। अन्य आम्दानी घटेर १६ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।

images
images

समीक्षा अवधिमा कच्चा पदार्थ खरिदमा ३ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ खर्च गरिएको छ भने कर्मचारी सुविधा खर्च ६१ करोड ७५ लाख रुपैयाँ रहेको छ। मर्मत, मूल्यह्रास तथा अमूर्त सम्पत्ति खर्च ३१ करोड ३१ लाख रुपैयाँमा झरेको छ। वित्तीय लागत बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ। अन्य खर्च १ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ।

images
images
images

जम्मा खर्च ५ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ पुगेपछि करपूर्व नाफा २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ भएको छ। करबापत ४६ करोड २७ लाख रुपैयाँ छुट्याएपछि खुद नाफा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कायम भएको छ।

असार मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ७ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ८ करोड रुपैयाँभन्दा उच्च हो। सो मध्ये दीर्घकालीन सम्पत्ति १ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ र चालू सम्पत्ति ५ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ छ। 

कम्पनीको खुद पुँजी ५ अर्ब ७१ करोड ६२ लाख रुपैयाँमा पुगेको छ भने बाँकी २ अर्ब ७४ करोड १५ लाख रुपैयाँ दायित्व रहेको छ। कम्पनीले स्थिर आम्दानी र खर्च नियन्त्रणमार्फत उच्च जगेडा कायम राख्दै वित्तीय स्थितिलाई मजबुत बनाएको जनाएको छ।


प्रकाशित : बिहीबार , साउन २९ २०८२०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend