बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

सांसदलाई ऊर्जामन्त्री खड्काको जवाफ - लोडसेडिङ नेपालका लागि विगत भइसक्यो, अब यसको पुनरावृत्ति सम्भव छैन

images
बुधबार, साउन २८ २०८२
images
images
सांसदलाई ऊर्जामन्त्री खड्काको जवाफ - लोडसेडिङ नेपालका लागि विगत भइसक्यो, अब यसको पुनरावृत्ति सम्भव छैन

ऊर्जामन्त्री दीपक खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चारसय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारेका छन्। 

images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताका साथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे।

images
images

ऊर्जामन्त्री खड्काले भने, 'नेपालले विद्युत् उत्पादन र बिक्रीवितरणमा गरेको उपलब्धिका आधारमा स्पष्टरूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो। यसको पुनरावृत्ति कुनै सम्भावना देखिँदैन अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक-पटक सार्वजनिकरूपमा स्पष्ट गरिरहेको छ, कि हाल देशमा लोडसेडिङ छैन।'

images
images
images

मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औँल्याए। देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बंगलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० गेगावाटबाट र बंगलादेशमा ३० गेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिए। उनका अनुसार हाल १७ अर्ब ७२ करोड रूपैयाँबराबरको विद्युत् निर्यात भइरहेको छ। साथै, १२ अर्ब ९२ करोड रूपैयाँबराबरको जलविद्युत् आयात भइरहेको छ। नेपालले झन्डै पाँच अर्ब रूपैयाँबराबरको मुनाफा लिइरहेको छ।

मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कुल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झन्डै ३९ सय मेगावाड पुगेको छ। प्रतिव्यक्ति विद्युत् खपत चारसय युनिटबाट बढेर झन्डै चारसय ६० युनिट खपत भइरहेको उनले बताए।

मन्त्री खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चारसय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताए। उनले हालको अवस्थामा आन्तरिक विद्युत् खपतपश्चात नेपालले करिब नौ सय मेगावाट विद्युत् भारतबाट निर्यात भइरहेको र निकट भविष्यमा सो सङ्ख्या बढ्ने र अहिले झन्डै अहिले १२ सय मेगावाटको निर्यातका लागि अनुमति प्राप्त भइसकेको जानकारी दिए।

त्यस्तै, ४० मेगावाट विद्युत् बंगलादेश पनि निर्यात भइरहेको छ। आगामी दिनमा सो परिणाम बढाउँदै लैजाने तयारी छ। ऊर्जामन्त्री खड्काले सरकारको नेतृत्व वा मन्त्री परिवर्तन हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया भए पनि सोका कारण हो। 

मन्त्रालयले दीर्घकालीन ऊर्जा रणनीति, दिगो विकास लक्ष्य, पूर्व स्वीकृति राष्टिय योजनालगायत आयोजनासँग सम्बन्धित हुनेगरी नीति निर्माण तथा कार्यान्वयनलाई संस्थागत निरन्तरता दिँदै आएको उनले बताए।

मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमामा जस्तो पूर्वाधार विकासमा आवश्यक दीर्घकालीन र लगानी परिचालनका सन्दर्भमा नीतिगत स्थिरता, पारदर्शीता तथा संस्थागत निर्णय प्रक्रियाको पालना गरेर मन्त्रालय अगाडि बढेको स्पष्ट पारे। उनले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend