बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

images
बुधबार, साउन २८ २०८२
images
images
५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

उनले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन्।

images

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए।

images
images

यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्‍याउने तयारी भइरहेको उनको भनाइ छ। बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढंगबाट समयमा सम्पन्न गरिएको दाबी गरे।

images
images
images

कतिपय अस्पताल भने प्रक्रियागत विषय टुंगाे लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ।

‘बाहिरबाट भवन उभिएको देख्छौँ। तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन्’ मन्त्री पौडेलले भने, ‘प्रक्रियागत विषयहरू नटुंगिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन।’

बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर-४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिँदै मन्त्री पाैडेलले स्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गरे। उनका अनुसार अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend