बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

एक वर्षमा काठमाडौंमा २७ सयभन्दा बढी आगलागीका घटना

images
बुधबार, साउन २८ २०८२
images
images
एक वर्षमा काठमाडौंमा २७ सयभन्दा बढी आगलागीका घटना

एक वर्षमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौं परिसरले जनाएको छ।

images
images

काठमाडौं- पछिल्लो एक वर्षको अवधिमा काठमाडाैं जिल्लामा दुई हजार ७ सयभन्दा बढी आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।

images

त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्। एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौं परिसरले जनाएको छ।

images
images

यस्तै, ग्यास चुहावट भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।

images
images
images

४२ प्रतिशत घटनामा पाँच मिनेटभित्रै प्रहरी घटनास्थलमा

‘प्रहरी कन्ट्रोल रुम’मा अपराधसम्बन्धी सूचना प्राप्त हुनेबित्तिकै परिसर मातहतका युनिटबाट सम्बन्धित स्थानमा परिचालित हुने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताए। पछिल्लो एक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको उनले जानकारी दिए।

यस्तै, २४ प्रतिशत घटनामा १० मिनेट, २१ प्रतिशत घटनामा १५ मिनेट, नौ प्रतिशत घटनामा २० मिनेट, दुई प्रतिशत घटनामा २५ मिनेट, एक प्रतिशत घटनामा ३० मिनेटभित्र प्रहरी सम्बन्धित स्थलमा पुगेर शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउने गरेको कार्यालयले जनाएको छ। केही घटनामा भने ३० मिनेटभन्दा बढी समय लागेको तथ्यांकमा उल्लेख छ।

ट्राफिक जाम, घटनास्थलको पहिचान, सूचनाको विश्लेषण र प्राथमिकीकरणका कारण केही स्थानमा पुग्नका लागि समय लागेको जानकारी दिँदै जतिसक्दो चाँडो घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले विभिन्न उपाय अवलम्बन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ।

प्रहरी हटलाइन, एसएमएस, सीसीटीभी, सामाजिक सञ्जाल, प्रहरी मोबाइल एप, रेडियो सेट, कार्यालय तथा व्यक्तिगत फोन सम्पर्क तथा व्यक्ति स्वयम् उपस्थित भई प्रहरीमा सूचना आउने गरेको छ। गत वर्ष मात्रै काठमाडाैं प्रहरीमा चार लाख २८ हजारभन्दा बढी अपराधका सूचना प्राप्त भएको थियो।

सबैभन्दा बढी धर्ना र विरोध काठमाडौंमा

प्रहरी तथ्यांकले धर्ना, विरोध र्‍याली, अनसन र तालाबन्दीलगायत सुरक्षा चुनौतीका घटना काठमाडाैंमा भएको देखाउँछ। गत वर्ष नेपालभर भएका धर्नामध्ये काठमाडौंमा ४२ दशमलव ७३ प्रतिशत र विरोध र्‍याली २१ दशमलव ६१ प्रतिशत तथा उपत्यकाभित्र काठमाडौंमा मात्रै ८१ दशमलव ६८ प्रतिशत धर्ना र ७४ दशमलव शून्य छ प्रतिशत विरोध र्‍याली भएका छन्। त्यस्ता धर्ना, विरोध प्रदर्शन, विरोध र्‍याली, तालाबन्दीलगायत घटना नियन्त्रणमा लिन तीन लाख ८६ हजार ९४० प्रहरी जनशक्ति परिचालित गर्नुपरेको परिसरले जनाएको छ।

गत वर्ष काठमाडौंमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित विरोध, समाजवादी मोर्चा र व्यवस्था विरोधी राजनीतिक दल तथा समूहको विरोध प्रदर्शनलगायतका घटना भएका थिए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend