बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

शनिश्चरे-खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

images
बुधबार, साउन २८ २०८२
images
images
शनिश्चरे-खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

पुल बगाएसँगै शनिश्चरे-खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

images
images

झापा- विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ।

images

पुल बगाएसँगै शनिश्चरे-खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो। उक्त पुल दुई वर्षअघि भाँसिएको थियो।

images
images

पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ।

images
images
images

वि.संं. २०६५ मा भारत सरकारको दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend