बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

कर्णालीको अदुवा-बेसार युरोपेली मुलुकमा निर्यात

images
बुधबार, साउन २८ २०८२
images
images
कर्णालीको अदुवा-बेसार युरोपेली मुलुकमा निर्यात

कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ।

images
images

सुर्खेत- आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीनसय ६५ मेट्रिकटन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ।

images

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ।

images
images

सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए।

images
images
images

कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ।

मन्त्रालयका अनुसार प्रदेश स्थापनाकालदेखि हालसम्म १८ अर्ब ४७ करोड रूपैयाँ बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा १४ अर्ब रूपैयाँ बराबर रकम लगानी भइसकेको छ।

मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सातसय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ। गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ।

बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ। खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन्।

खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२ समावेश गरिएको छ। उक्त वर्ष २१.२९ मेट्रिकटन सागसब्जीका बीउ प्रमाणीकरण भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend