बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

बुधबार, साउन २८ २०८२
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७ सय रूपैयाँ कायम छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी महँगिएको छ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला एकसय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन मंगलबार प्रतितोला एक लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला दुई हजार ३ सय ५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार ३ सय २५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, साउन २८ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend