बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका कार्डवाहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा १० प्रतिशत छुट

मंगलबार, साउन २७ २०८२
एनआईसी एसिया बैंकका कार्डवाहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा १० प्रतिशत छुट

सुविधा उपभोगका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट मिल्ने भएको छ। बैंक र रिसोर्टबीच छुट उपलब्ध गराउने सम्झौता भएको हो।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

सुविधा उपभोगका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

यस सहकार्यले बैंकका ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ।

प्रकाशित : मंगलबार, साउन २७ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend