बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

लगातार ओरालोतर्फ सुनको मूल्य, मंगलबार तोलामा १३ सयले घट्यो

मंगलबार, साउन २७ २०८२
लगातार ओरालोतर्फ सुनको मूल्य, मंगलबार तोलामा १३ सयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- गएको शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य यो साता भने लगातार ओरालो लागेको छ।

यो साता आइतबार तोलामा दुईसय रूपैयाँ र सोमबार एक हजार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार तीनसय रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला एक लाख ९८ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ९६ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर प्रतितोला दुई हजार तीनसय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला दुई हजार तीनसय १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, साउन २७ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend