बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला ११ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

सोमबार, साउन २६ २०८२
प्रतितोला ११ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

सोमबार सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता सुनको मूल्य लगातार दोस्रो दिन ओरालो लागेको छ। आइतबार तोलामा दुईसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको छ।

आइतबार प्रतितोला एक लाख ९९ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ९८ हजार एकसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी पनि आज प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ३ सय ३० रूपैयाँमा कारोबार भएको थियो


प्रकाशित : सोमबार, साउन २६ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend