बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

डिशहोम र पोखराको लेक साइड रिट्रिटबीच भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी

सोमबार, साउन २६ २०८२
डिशहोम र पोखराको लेक साइड रिट्रिटबीच भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी

यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ।

काठमाडौं- डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत पोखरास्थित लेक साइड रिट्रिटसँग नयाँ साझेदारी गरेको छ। जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्।

ग्राहकहरूले लेक साइड रिट्रिटमा आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनु पर्नेछ।

प्रिभिलेज कार्ड माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। त्यसमा लगइन गरी प्रयोग गर्न सकिन्छ।


प्रकाशित : सोमबार, साउन २६ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend