बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

नाइमा २०२५ : टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रंगमा सार्वजनिक

आइतबार, साउन २५ २०८२
नाइमा २०२५ : टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रंगमा सार्वजनिक

रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ। यसको प्रारम्भिक मूल्य चार लाख, ५९ हजार ९ सय रूपैयाँ रहेको छ।

काठमाडौं- नेपालका लागि टीभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले 'नाइमा २०२५' मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रंगमा सार्वजनिक गरेको छ। यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केन्द्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।

हल 'बी' को स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ र बहुप्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुवैमा उपयुक्त बनाएको छ।

यस मोटरसाइकलमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिन्छ। अर्बन र रेन  राइडिङ मोडबीच सहजरूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिने कम्पनीको भनाइ छ।

यसमा जडित ब्लुटुथ स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिने खालको छ। डुअल-च्यानल एबीएस मोड, अपसाइड डाउन (यूएसडी) फ्रन्ट फोर्क, एड्जस्टेबल लिभर, विशेष राइडिङ मोड रहेको छ।

रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ। स्टाइल र पफर्मेन्सलाई बराबरी महत्त्व दिने राइडरहरूका लागि यो एकदमै उपयुक्त मोटरसाइकल बन्नसक्ने कम्पनीको भनाइ छ।

यसको प्रारम्भिक मूल्य चार लाख, ५९ हजार ९ सय रूपैयाँ रहेको छ। कम्पनीका अनुसार डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित 'टिभीएस रोनिन २२५' २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ।


प्रकाशित : आइतबार, साउन २५ २०८२१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend